देवघाट गाउँपालिका–४ को दुईघरे समुदायलाई सुरक्षित खानेपानी समुदाय घोषणा गरिएको छ । मंगलबार एक कार्यक्रमको आयोजना गरि गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले समुदायलाई सुरक्षित खानेपानी समुदाय घोषणा गर्नुभएको हो। सो कार्यक्रमा बोल्दै थापाले सुरक्षित घोषणा गर्नु मात्रै ठुलो कुरा नभई यसलाई निरन्तरता दिनुपर्ने बताउनुभयो । एक घर एक धारा हाम्रो पहिचान सुरक्षित खानेपानी युक्त समुदाय घोषणा हाम्रो अभियान’ भन्ने मुल नारा अभियान सन्चालन गरि वडा नम्बर ४ को दुईघरे खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था मार्फत विभिन्न सुचकहरू पुरा गरेपछि सो खानेपानीको मुहान र समुदायलाई सुरक्षित खानेपानी समुदाय घोषणा गरिएको हो । वडा नम्बर ४ को पहिलो सुरक्षित खानेपानी समुदाय बन्न सफल भएको छ ।उक्त कार्यक्रमा गाउँपालिका उपाध्यक्ष भुवन सिं गुरूङ , वडा नम्बर ४ का अध्यक्ष मित्रलाल गुरुङ,वडा नम्बर ४ सदस्य बुद्धिमान भुजेलको उपस्थित रहेको थियो ।