तनहुँमा ‘‘विपन्न बस्तीमा मुख्यमन्त्री’’ कार्यक्रम सञ्चालन गरिएको छ । तनहुँको तीन वडा पछाडि परेको दुई गाउँलाई छनोट गरी कार्यक्रम सुरु गरिएकोहो ।यस कार्यक्रम गण्डकी प्रदेश सरकारको सहयोगमा कृषि ज्ञान केन्द्र तनहुँले सञ्चालन गरेको हो । किसानहरुलाई अर्थिक रुपमा सबल बनाउने र किसानले आय आर्जन मूलक काममा संलग्न गराई गरिबी निवारण टेवा पुर्याउने उद्देश्यले सो कार्यक्रम सञ्चालन गरिएको कृषि ज्ञान केन्द्र तनहुँका प्रमुख कुलप्रसाद तिवारीले जानकारी दिनभयो । तनहुँको बन्दीपुर गाउँपालिका–५ र आँबुखैरेनी गाउँपालिका–१ को भुजेल गाउँका ४० घर भुजेल र ऋषिङ गाउँपालिका–४ भिरकोटका एक सय घरधुरीलाई लक्षित गरी कार्यक्रम सुरु गरिएको तिवारीलेबताउनुभयो । उक्त कार्यक्रममा औजार उपकरण खरिद, तरकारी फलफूल नर्सरी निर्माण र सिँचाइ व्यवस्थापन ,तरकारी टनेल ,घार मौरी, हाते ट्र्याक्टर लगएतका समाग्रीहरु वितरण गरिने छ । कार्यक्रमको लागि गण्डकी प्रदेश सरकारबाट २०र२० लाख बजेट गरी दुई गाउँको लागि ४० लाख बजेट निकासा भएको छ ।
