शुक्लागण्डकी नगरपालिकाले आगामी आर्थिक वर्ष २०८०÷८१ का लागि १ अर्ब २८ करोड ३२ लाख रुपैयाको बजेट प्रस्ताव गरेको छ । आइतवार भएको १३ औं अधिवेशनमा नगर उपप्रमुख खुम बहादुर विक राजुले निति तथा कार्यक्रम र बजेट प्रस्ताव पेश गरेका हुन् । संघीय सरकारबाट प्राप्त समानीकरण अनुदान १४ करोड ८० लाख, राजश्व बाडाफाँडतर्फ प्राप्त रकम १२ करोड ३३ लाख ५५ हजार रुपैया, शसर्त चालु अनुदान ३४ करोड ३२ लाख, शसर्त पुँजीगत अनुदान १७ करोड ५२ लाख, विशेष अनुदान पुँजीगत ८० लाख, समपुरक अनुदान पुँजीगत ७५ लाख रुपैया प्राप्त हुने अनुमान छ । यसैगरी प्रदेश सरकारबाट समानीकरण अनुदान २० करोड , राजश्व बाडाफाँड १ करोड ८२ लाख, समपुरक अनुदान १ करोड, शसर्त अनुदान ५० लाख प्राप्त हुने अनुमान गरिएको छ ।