तनहूँको घिरिङ गाउँपालिकाले दलित समुदायको उत्थान गर्न परम्परागत पेशा र तथा कला र संस्कृतिको संरक्षणकोलागि नौमती बाजा तथा आरान सामाग्री हस्तान्तरण गरेको छ । आइतबार गाउँपालिका कार्यालयले एक कार्यक्रम आयोजना गरि गाउँपालिकाका तीन समूहलाई नौमती बाजा तथा दस जनालाई आरानको सामाग्री बितरण गरिएको हो ।पराम्परागत पेशा तथा कला र संस्कृतीको संरक्षणको लागि ति सामाग्री वितरण गरिएको गाउँपालिकाका अध्यक्ष होमबहादुर थापाले बताउनुभयो । उक्त कार्यक्रममा दलित उत्थान समन्वय समितिका अध्यक्ष मिलन गैह्रे ,गाउँपालिका उपाध्यक्ष राधादेवी अधिकारी,प्रमुख प्रशासकीय अधिकृत बिष्णुप्रसाद पोखरेल लगायतको उपस्थिति रहेको थियो ।
