तनहुँको ऋषिङ्ग गाउँपालिका कार्यालयले गाउँपालिका भित्र रहेका सामुदायिक विद्यालयलाई ल्यापटप प्रदान गरेको छ । विद्यालयलाई प्रविधिमैत्री बनाउने उद्वेश्य अनुरुप विद्यालयबाट माग भै आएका निवेदनको आधारमा ल्यापटप बितरण गरेको हो । सबै सामुदायिक विद्यालयमा कम्युटर जडान भएपनि बिद्युत लाइन नहुँदाको समयमा ल्यापटप सहज हुने भएकाले प्रदान गरिएको गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले जनाकारी दिनुभयो । गाउँपालिका भित्र रहेका एघार वटा माध्यमिक विद्यालय र चौतिस आधारभूत सहित पैतालिस वटै सामुदायिक विद्यालयमा कम्प्युटर जडान गर्ने लक्ष्य रहेको श्रेष्ठले बताउनुभयो । कम्प्युटर प्रदान गरेपछि विद्यालयमा हुने कामकाजका लागि बजार धाउन नपर्ने र अरुको भर परेर काम गनुपर्ने बाध्यताको अन्त्य भएको गाँउपालिकाले जनाएको छ ।
