विज्ञान शिक्षक समाज ९स्टान० तनहुँको आयोजनामा विज्ञान विषय शिक्षणका लागि सिकाई सहजीकरण कार्यक्रम शनिवार दमौलीमा सम्पन्न भएको छ । टाइम्स ईन्टरनेशनल पब्लिकेशन प्रालिको आर्थिक सहयोगमा सञ्चालित सहजीकरण कार्यक्रममा तनहुँका १० वटै स्थानीय तहका सामुदायिक र संस्थागत विद्यालयमा कक्षा ४ देखि १०सम्म विज्ञान विषय शिक्षण गर्ने ८० जना शिक्षकहरुको सहभागिता रहेको थियो ।
पाठ्यक्रम विकास केन्द्रले यही शैक्षिक सत्रदेखि कक्षा ५, ८ देखि १०को पाठ्यक्रम परिमार्जन गरेपछी परिमार्जित पाठ्यक्रम तथा पाठ्यपुस्तक बारे शिक्षकहरुलाई प्रविधिकरणसँगै विज्ञान सम्वद्ध अन्य विषयहरु सहजीकरण गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको समाजका कार्यवाहक अध्यक्ष संगम आचार्यले जानकारी दिए ।


कार्यक्रममा विज्ञान विषयका लेखक डा। कमलप्रसाद सापकोटाले परिमार्जित पाठ्यक्रम र पाठ्यपुस्तकका बारेमा जानकारी गराउदै नयाँ पाठ्यक्रमले जीवन उपयोगी सीपलाई बढी जोड दिएकाले घोकाएर भन्दा पनि विषयवस्तुका बारेमा धारणा निर्माण गरेर शिक्षण गर्न अनुरोध गरे । क्रियाकिलायमा बढी जोड दिएकाले घोकाएर पाठ्यक्रमको उद्देश्य पुरा नहुने उनले बताए । विद्यार्थीले विषयवस्तु बुझेर, सिकेर आफ्नो जीवनकालमा प्रयोग गर्न सक्ने गरि शिक्षण गर्न उनले शिक्षकहरुलाई आग्रह गरेका थिए ।
सो क्रममा उनले प्रश्न निर्माण कार्यशाला, परियोजना कार्य कसरी गर्नेरु शैक्षणिक योजना निर्माण लगायतका विषयमा सहजीकरण गरेका थिए ।साथै शिक्षणका क्रममा देखिएका जटिलता, सबल, दुर्बल पक्षका बारेमा पनि अनुुभव आदानप्रदान गरिएको थियो ।
यसअघि कार्यक्रमको उद्घाटन गर्दै व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले विज्ञान र गणित विषयको नतिजा सन्तोषजनक नरहेकाले सबै विद्यार्थीलाई सफल बनाउने गरि सहज शिक्षण विधि अवलम्वन गर्न शिक्षकहरुलाई अनुरोध गरेका थिए । पछिल्लो समय प्रविधिको बढ्दो प्रयोग र पाठ्यपुस्तकहरु पनि समय परिस्थिति अनुसार परिमार्जन हुदै आएकाले शिक्षकहरुले पनि आफुलाई परिमार्जन गर्दै लग्नुपर्नेमा उनको जोड थियो । साथै विद्यार्थीको अभ्यास र चेतनाको स्तर बुझेर सबै समायोजित हुने ज्ञान र सीप हस्तान्तरण गर्न उनले आग्रह गरेका थिए ।
साथै कार्यक्रममा शिक्षा विकास तथा समन्वय ईकाइका निमित्त प्रमुख विश्वप्रकाश रेग्मीले पाठ्यक्रम परिमार्जन हुदा नयाँ पाठ्यक्रमबारे प्रबोधिकरण अति आवश्यक हुने बताए । नयाँ पाठ्क्रममा भएका सबै बिषयबस्तुु बारे शिक्षकहरु जानकार नहुदाँ पठनपाठनमा समस्या देखिन सक्ने बताउदै उनले समस्या समाधानका लागि पाठ्यक्रममा परिमार्जन भएका विषयबारे शिक्षकहरुलाई बेलैमा जानकारी गराउन सक्नुपर्ने बताए ।


कार्यक्रममा टाइम्स ईन्टरनेशल पब्लिकेशनका बजार व्यवस्थापक सन्तोष घिमिरेले परिमार्जित पाठ्यक्रमबारे शिक्षकहरु र लेखकबीच अन्तरक्रिया र छलफल हुदाँ शिक्षणमा सहयोग पुग्ने महसुस गरि कार्यक्रम आयोजना गरिएको बताए । टाइम्स ईन्टरनेशल पब्लिकेशनले बिगत १० वर्षदेखि नर्सरी देखि १० कक्षा सम्मको विज्ञानको पाठ्यपुस्तक प्रकाशन गर्दै आएको पनि उनले जानकारी दिए । विज्ञान शिक्षक समाज तनहुँका कार्यवाहक अध्यक्ष संगम आचार्यको सभापततित्वमा सम्पन्न कार्यक्रममा सदस्य नारायण पोख्रेलले स्वागत गरेका थिए भने कोषाध्यक्ष देवराज अधिकारीले कार्यक्रम सञ्चालन गरेका थिए ।