कम्प्युटर एसोसिएसन महासङ्घ तनहुँ र आदिकवि भानुभक्त क्यम्पसको संयुक्त आयोजनामा जिल्ला स्तरीय टाइपिङ प्रतीयोगिता अाज सम्पन्न भएकाे छ ।कार्यक्रममा व्यास नगरपालिकाका नगरप्रमुख वैकुण्ठ न्यौपानेको प्रमुख आतिथ्यता रहेको थियो। कार्यक्रममा विभिन्न माध्यमिक विद्यालय साथै भर्खरै यश इ इ दिएर बसेका 67 जना विद्यार्थीहरु सहभागी भएका थिए। प्रतीयोगितामा शुक्लागण्डकी खैरेनीटार स्थित सोनी कम्प्युटरकी मनिला अधिकारीले 15 मिनेटमा 307 शब्द टाइप गरी प्रथम स्थान हासिल गर्न सफल भएकी छन्।त्यस्तै बिग कम्प्युटर दमौलीका समीर रोका ले 271 शब्द र गोल्डेन कम्प्युटर दमौलीमा की निशा आचार्य द्वारा 269 शब्द टाइप गरी क्रमसः दृतिय र तृतीय स्थान हासिल गर्न सफल भएका छन्।कार्यक्रम क्यान महासंघका केन्द्रीय सदस्य तुल्सीराम पाण्डे , क्याम्पस प्रमुख महाप्रसाद हड्खलेको उपस्थित रहेको थियो ।

