व्यास नगरपालिका–१ भादगाउँ स्थित निर्मल माध्यमिक विद्यालयमा अब कक्षा ११मा साइन्स बिषय सञ्चालन हुने भएको छ । विगतको दिनमा विद्यालयले शिक्षा ,व्यवस्थापन, कानुन , सिभिल इन्जिनियरको अध्यपन गराउदै आएको थियो । विधाथीहरूको माग अनुसार र भौतिक पुर्वधार पश्चात साइन्स विषयको अध्यापन गराउन लागेको विधालयको प्रधानध्यापक गणेश चन्द्र बस्नेतले जनाकारी दिनुभयो । आर्थिक अवस्था कमजोर भएका विद्यार्थीहरुले आफ्नो घर नजिक कम शुल्कमा अध्यान गरुन् भन्ने उद्देश्य रहेको शिक्षक अभिभावक संघका अध्यक्ष हरिशरण खनालले बताउनुभयो । विसं २०२५ सालमा स्थापना भएको विद्यालयमा कुल नौ सय भन्दा बढी विद्यार्थी अध्ययनरत रहेका छन् ।