तनहुँको व्यास नगरपालिका १ विज्ञानचौर स्थित आदिकवि भानुभक्त क्याम्पसले ६ दिने ह्याप्पिनेस प्रोग्राम सम्पन्न गरेको छ । पेशागत जिम्मेवारी सफलतापूर्वक निर्वाह गर्दा प्राध्यापक एवम् कर्मचारीलाई दवाव , झमेला मानसिक तनाबबाट ग्रसित हुनुपर्ने भएकोले त्यसबाट मुक्त गराउनको लागि कार्यक्रमको आयोजना गरेको हो । आर्ट अफ लिभिङ इन्टरनेशनल सेन्टर , ब्याङलोर भारतका आध्यात्मिक गुरु रबि शंकर गुरुदेवका शिष्य एवं आर्ट अफ लिभिङ्गका मुख्य र शिक्षक डा. पुणर्तेजजी र ह्याप्पिनेश कार्यक्रमका प्रशिक्षक एवं नेपाल सरकारका उपसचिव उर्मिला काफ्लले सहभागिताहरुलाई प्रशिक्षण दिनुभएको थियो । उक्त कार्यक्रममा स्वामी डा पुणर्तेजले योग, ध्यान प्रणयम, सुन्दर्शन क्रिया वैदिक ज्ञानका बिषयमा अभ्यास तथा प्रशिक्षण दिएका थिए । सो अवसरमा सहभागिहरुले ६ दिनको सकिाइबाट तनाब, चिन्ता र दःखबाट राहात मिलेको , शरिरलाई स्वास्थ्य राख्न सहज भएको सृजनात्मक तथा सकरात्मक सोचेको बिकास भएको महसुस गरेको बताएको छ । कार्यक्रमका विद्यार्थीहरुको सहभागिता शुल्क रु १ हजार ५ सय रुपैया स्ववियुले आफ्नो कोषबाट खर्च गरेको थियो ।असार ६ सुरु भएको कार्यक्रमको उद्घाटन व्यास नगरपालिकाको प्रमुख बैकुण्ठ न्यौपानेले गर्नुभएको थियो । ६ दिनमा २० घण्टा सञ्चालन गरिएको ह्याप्पिनेस प्रोग्राममा पहिलो चरणमा वि.वि.ए कार्यक्रममा अध्ययनरत ४६ जना विद्यार्थीहरुको सहभागिता रहेको थियो ।