लियो क्लव अफ तनहुँद्धारा व्यास–५, स्थित संगम प्राथमिक विद्यालय र श्री जनसेवा प्राथमिक विद्यालय चापाधाटमा शैक्षिक समाग्री वितरण गरेको छ । व्यास ५ का वडाध्यक्ष विष्णुकुमार श्रेष्ठ हिमालको प्रमुख आतिथ्यतामा उक्त शैक्षिक समाग्री वितरण गरेको हो । कार्यक्रम संगम प्राथमिक विद्यालयका १० र जनसेवा प्राथमिक विद्यालयका ४५ जना जेहन्दार छात्रछात्रालाई स्कुल व्याग ,कपी र कलम वितरण गरिएको थियो । आर्थिक अवस्था कमजोर भएको विद्यार्थीको पठनपाठनमा सहयोग पुग्ने उद्देश्यले कार्यक्रम गरेको क्लवका अध्यक्ष मोहम्मद गफारले वताउनुभयो । उक्त कार्यक्रममा वडासदस्य केशरी थापा, लायन्स क्लव अन्तराष्ट्रिय डिष्ट्रिक ३२५ का चिफ सुरेन्द्र पौडेलको उपस्थिती रहेको थियो ।