व्यास नगरपालिका व्यास नगर युवा परिषद् द्वारा आयोजित एक दिने पब्लिक स्पीकिङ ट्रेनिङ शनिबार सम्पन्न भएकाे छ । उक्त ट्रेनिङ अनलाईन दरखास्तबाट छनोट भएका नगरपालिका भित्रका युवायुवतीहरुलाई दिइएको थियोे । तालिम व्यास नगरपालिका नगर प्रमुख वैकुण्ठ न्यौपानेकाे अध्यक्षतामा सम्पन्न भएको थियो भने परिषदका कार्यकारी उपाध्यक्ष गौरब पन्थले कार्यक्रम व्यवस्थापन तथा सञ्चालन गर्नुभएको थियो। युवायुवतीहरूकाे क्षमता विकास गर्ने उद्देश्यले साे प्रशिक्षण आयाेजना गरिएको थियाे। प्रशिक्षणमा राष्ट्रिय प्रशिक्षक राजेश पाण्डे , युवा अभियन्ता अपार पौडेल , ने.का. नीति तथा प्रशिक्षण विभाग केन्द्रिय पूर्व सदस्य प्रमोद हरी गुरागाईं, प्राध्यापक संघका केन्द्रीय सदस्य अधिवक्ता विमल गिरी लगाएतले कार्यक्रमा प्रकाश पार्नुभएको थियो। उक्त प्रशिक्षण कार्यक्रममा ४२ जना युवायुवतीहरुले सहभागीता लिएका थिए ।