सुरेश सुनार तनहुँ
फागुन २८ गते शनिबार
स्रष्टा बिनोद कुमार बिक विकास द्धार लिखित पुस्तक बिमोचन गरीएको छ । एक कार्यक्रमका बीच दमौलीमा पुस्तक बिमोचन गरिएको हो । प्रगतिशील लेखक संघ , तनहुँको चौथो सम्मेलन तथा पुस्तक बिमोचन कार्यक्रममा उक्त पुस्तक बिमोचन गरीएको हो । व्यानसगरपालिका– २ निवासी बिनोद कुमार बि.क (बिकास) द्वारा दुई पुस्तक शनिबार एक कार्यक्रमका बीच दमौलीमा बिमोचन गरिएको हो ।

स्रष्टा विकास द्धार लिखित पुस्तक बिमोचन

स्रष्टा विनोदकुमार बिक विकास द्धार लिखित जातिय प्रथाको मारमा दलित समुदय र लोकतन्त्रमा नेपाली जनता नामक पुस्तक विमोचन गरीएको हो । फागुन २८ गते शनिबारका दिन एकदेव आले स्मृति तथा तिन्तन प्रतिष्ठान दमौलीमा प्रगतिशील लेखक संघ तनहुँको चौंथो साधरणसभा तथा बिमोचन कार्यक्रममा उक्त पुस्तक बिमोचन गरीएको हो । प्रगतिशील लेखक संघ तनहुँको चौथो सम्मेलनको अवसरमा प्रगतिशील लेखक संघका केन्द्रिय सल्लाहकार डा.कृष्णराज अधिकारी र प्रगतिशील लेखक संघका केन्द्रिय सदस्य नारायण मरासिनीले उक्त पुस्तकको बिमोचन गरेका हुन् ।

प्रगतिशील लेखक संघका केन्द्रिय सदस्य नारायण मरासिनीले लेखक बिनोद कुमार बिकले नेपाली साहित्य क्षेत्रमा नयाँ आयाम थप्ने कार्य गरेको बताए । प्रगतिशील लेखक संघ तनहुँका अध्यक्ष नारायण कुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा संघकी सल्लाहकार धनकुमारी श्रेष्ठ, राष्ट्रिय दलित पत्रकार संघ गण्डकी प्रदेशका उपाध्यक्ष पूर्ण बिके, गीतल प्रतिष्ठानकाा दिवाकर भट्टराई, नेपाली लेखक संघकी जिल्ला अध्यक्ष गौमाया न्यौपाने लगायतका वक्ताहरुले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

स्रष्टा विकास द्धार लिखित पुस्तक बिमोचन

बुबा थर्कबहादुर बिक र आमा जमुनादेवि वि.क को कोखबाट बि सं २०३८ माघ १६ गतेका दिन स्याङ्जाको साबिक रत्नपुर गाबिस वाडा नं ३ सगुई हटियामा जन्मिएर आफ्नो कर्मथलो व्यास न.पा.वाडा नं २ दमौली, तनहुँ बनाएका उनी हाल विकास एण्ड विश्वास सुनचाँदी उधोग संचाल गर्दै आएका छन । तनहुँ सुनचाँदी व्यवसायी सङ्घ, तनहुँका बर्तमान अध्यक्ष विकास हाल १४ वटा भन्दाबढी संस्थामा आबद्ध छन । युवा नेता तथा समाजसेवी विकास नेपाल दलित मूक्ति अभियानका केन्द्रीय सदस्य , प्रगतिशील लेखक सङ्घ तनहुँ उपाध्यक्ष , विश्वकर्मा सेवा समाज तनहुँको सदस्य , संयुक्त दलित उत्थान मञ्च ,तनहुँको सदस्य , संयुक्त राजनीतिक दलित सङ्घर्ष समिति, तनहुँको सदस्य , तनहुँ चेम्बर अफ कमर्सको सदस्य , गीतल प्रतिष्ठान तनहुँको आजीवन सदस्य , स्याङ्जा–तनहुँ सम्पर्क सदन, तनहुँको सचिव , दलित पत्रकार सङ्घ, तनहुँको सल्लाहकार , परोपकार सेवा समाज,तनहुँ – सल्लाहकार , राष्ट्रिय सङ्गीतकर्मी सङ्घ, गण्डकी प्रदेशका सल्लाहकार, स्वातन्त्र पत्रकार संघ नेपाल तनहुँको सल्लाहाकार लगाएत अन्य विभिन्न संघ संस्था गरि करीब १४ वटाभन्दाबढि संस्थामा सकृय पदमा आबद्ध रहेका छन । कुनैपनी संघ संस्थामा आबद्ध व्यवसायीही वा समितिका पदाधिकारी लगाएत अन्य सम्पुण ब्याक्तिको उचित भावना, विचार , व्यवहार र योगदानको कदर गर्दै एकताको मालामा गाँसिनुपर्छ भन्ने भाबका उनी हाल सामाजिक कार्यमा निकै ब्यास्त रहेका छन ।