म्याग्दे गाँउपालिका वडा नं ७ को आयोजनामा वडामा निशुल्क जेष्ठ नागरिक स्वास्थ्य शिविर सम्पन्न भएको छ । वडा कार्यलयको आयोजनामा सम्पन्न भएको शिविरमा रक्त परिक्षण, मुटुको परिक्षण, निशुल्क औषधी वितरण लगायतको सेवा दिईएको थियो ।

विशेषज्ञ डा.रामहरि दाहाल, विशेषज्ञ जनरल प्राक्टिस एण्ड ईमजेन्सी मेडिसिन प्रमुख, ईमजेन्सी विभाग पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र डा, कृष्ण गिरीले निशुल्क जेष्ठ नागरिकको स्वास्थ्य परिक्षण गरेका थिए । ६० वर्ष भन्दा माथीका ९५ जना महिला र ८२ जना गरि कुल १७७ जना नागरिकलाई स्वास्थ्य शिविरमा सेवा दिईएको वडा नं ७ का वडाध्यक्ष वसन्त कुमार श्रेष्ठले जानकारी दिनुभयो । पालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले रक्त परिक्षण गरेर कार्यक्रमको शुभारम्भ गरेका थिए भने शिविरमा पालिकाका उपाध्यक्ष वालकृष्ण घिमिरे पनि उपस्थिती रहेको थियो ।