स्वतन्त्र विधार्थी युनियन आदिकवि भानुभक्त क्याम्पसले भौतिक गुणस्तर वृद्धि र विधार्थी छात्रवृत्ति विषयलाई लिएर पालिकासँग छलफल कार्यकम सम्पन्न गरेकाे छ । शुक्रबार भानु नगरपालिका,बन्दीपुर गाउँपालिका,आँबुखैरेनी गाउँपालिका प्रमुखसँग छलफल कार्यकम सम्पन्न गरेकाे हाे ।उक्त छलफल कार्यकम स्व.वि.युको तर्फबाट खाने पानी योजना, विज्ञान तथा कम्प्यूटर प्रयोगशाला र छात्रवृत्तिको विषयलाई प्राथमिकतामा राखेर विभिन्न योजना समेत माग गरिएको स्व.वि.युका अध्यक्ष गाैरव पन्थले जानकारी दिनुभयाे।

आगामी दिनहरुमा सम्पूर्ण पालीकाहरुसंग सहकार्य गरि यस क्याम्पसको भौतिक गुणस्तरलाई वृद्धि गर्ने र विद्यार्थीहरुलाई विभिन्न तवरबाट सर्वसुलभ मूल्यमा गुणस्तरीय शिक्षा प्रदान गरी पालिकाहरु संग विभिन्न कार्यक्रम मार्फत जोड्दै लैजान उदेश्य रहेकाे स्व.वि.यु सचिव अनुप अाले बताउनुभयाे । आदिकवि भानुभक्त क्याम्पसमा देशकै उत्कृष्ट सामूदायिक क्याम्पस मध्यकाे एक हाे ।यस क्याम्पसमा तनहुँका १० वटै पालिका र विभिन्न जिल्लाका गरी ३हजार १सय भन्दा बढी विधार्थीहरु अध्ययरत रहेका छन् ।