स्वतन्त्र नागरिक अभियानले सटर तथा घर बहाल सम्बन्धमा व्यास नगरपलिकाका प्रमुख बैकुण्ठ न्यौपानेलाई ज्ञापनपत्र बुझाएका छन् । शुक्रबार स्वतन्त्र नागरिक अभियान नेपाल तनहुँका संयोजक बिष्णु पराजुली र अभियानका सहसंयोजक शिव ढौनियाले ज्ञापनपत्र बुझाएका हुन् । दमौलीका भित्रका व्यापारीक लाईनमा स्थानिय निकायले सटरहरुको निर्माण गरी सटर टेण्डर आव्हानबाट प्रभाव र घरवेटीहरुले भाडा बुद्धि गर्ने अवस्था दखिएकाले ज्ञापनपत्र बुझाएको अभियानका संयोजक बिष्णु पराजुलीले जनाकारी दिनुभयो । उक्त ज्ञापनपत्रमा व्यापरिक केन्द्र तथा धरवहान क्षेत्रको यकिन गरी भडा मापदण्ड तिकिदिने । भाडा तिर्न नसकेका व्यापरीलाई घरवेटी तथा व्यापारीहरको बिच समन्वय गरी कम्तीमा तिन महिनाको भाडा तिर्न दवाव नदिने । स्थानिय करको दायारामा हेरफेर गरी समायोजन गरिदिने । बैँक तथा विक्तीय संस्थाहरुलाई पुर्नकर्जा तथा बैँक व्याजदरमा हेरफेर गर्न दवाव दिनुपर्ने उल्लेख गरिएको छ ।
