जिल्ला ट्राफिक प्रहरी कार्यलय तनहुँले मापासे गरि सवारी चलाउने सवारी चालकलाई धमाधम कारबाहि सुरु गरेको छ । बिशेषगरी रातिको समयमा मापसे गरि सवारी चलाउने र दुर्घटना बढि हुने भएकाले कडाईको साथ मापासे चेकिङ तथा कार्बाहि सुरु गरेको हो । प्रत्यक दिन साझ स्थान परीवर्तन गर्दै मापासे तथा सवारी चेकजाँच भएको जिल्ला ट्राफिक प्रहरी कार्यलय तनहुँका प्रमुख गोकर्ण नेपाल ले जानकारी दिए । उनले यो महिनामात्र ट्राफिक नियम बिपरीत मापासे गरि सवारी चलाउने ५२ जनालाई लाई कार्वाही गरेको बताएका छन । उक्त कार्वाहिबाट रु ५२ हजार राजस्वा संकलन भएको उनले जानकारी दिए ।
तिब्र गतिमा सवारी चलाउने २ सय ५० जनाभन्दा बढि कारवाहि
तेस्तै तिब्र गतिमा सवारी चलाउने २ सय ५० जनाभन्दा बढि सवारीलाई प्रहरीले कारवाहि गरेको छ । राडर गनको सहायताले तिब्र गतिमा सवारी चलाउनेलाई नियान्त्रणमा लिई कारवाहि गरेको हो । उक्त कारवाहिबाट रु २ लाख ५० हजार भन्दा बढि राजस्वा संकलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यलय तनहुँले जनकारी दिएको छ । प्रहरीले फागुन महिनामा मात्र ४ हजार २ सय ८४ सवारिलाई कारबाहि गरीसकेको छ । तिब्र गतिमा सवारी चलाउने , मापासे गरि सवारी चलाउने, ट्राफिक नियमको पालना नगर्ने सवारीलाई नियान्त्रणमा लिई कार्वाहि गरेको हो । उक्त कारबाहिबाट यो महिनामात्र ३० लाख नौ हजार ५ सय राजस्वा संकलन भएको जिल्ला ट्रफिक प्रहरी कार्यलय प्रमुख नेपालले जानकारी दिएका छन् । उनले सवारी चालकलाई कारवाहिमात्र नभई चालक सहचालकलाई ट्राफिक नियम सम्बन्धि सचेतनामुलक कार्यक्रमसमेत गरीएको जानकारी दिए ।