तनहुँको बन्दीपुर गाउँपालिकाले बाँदरका कारण पीडित कृषकलाई बाँदर धपाउने उपकरण निःशुल्क वितरण गरेको छ । बुधबार गाउँपालिकाका ६ वटै वडाका कृषकहरुलाई पहिलो चरणमा ३० वटा बाँदर धपाउने बन्दुक निःशुल्क विरतण गरेको हो । ठुलो आवाज आउने भएको कारण अन्य उपकरणको तुलनामा बाँदर धपाउनको लागि यो उपकरण निकै प्रभावकारी रहेको गाउँपालिकाले जनाएको छ । लामो समय देखि खेतबारीमा लगाएको अन्नबाली र तरकारीबाली नष्ट गर्न थालेपछी किसानहरुले गाउँपालिकासंग बाँदर नियन्तत्रणको माग गरेका थिए ।गाउँपालिकाले उक्त उपकरण खरिद गर्न १ लाख रुपैयाँ बजेट छुट्याएको गाँउपलिकाका अध्यक्ष सुरेन्द्र बहादुर थापाले जनाकारी दिनुभयो । बाँदर धपाउने बन्दुक पाएपछि किसानहरु उत्साहित देखिएका छन् ।