केही दिन देखी गर्मी अत्यधिक बढेपछि बन्दीपुर गाउँपालिका भित्रका सवै विद्यालयहरु सोमबार देखी पठनपाठन बन्द गर्ने निर्णय गरेको छ ।गाउँपालिका भित्रका सम्पुर्ण सामुदायिक र संस्थागत विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।सबै विद्यालय असार १ गते सम्म बन्द रहने गाउँपालिका अध्यक्ष सुरेन्द्र बहादुर थापाले जानकारी दिनुभयो । “गर्मी बढेपछि बालबालिकाहरुको स्वास्थ्यमा समेत असर पर्न सक्ने भएकाले विद्यालयहरु बन्द गरिएको हो । बन्दीपुर गाउँपालिका भित्र करिव ५ हजारभन्दा बढी विद्यार्थीहरु अध्ययनरत रहेको गाउँपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखाका अधिकृत बिष्णु खत्रीले जानकारी दिनुभयो ।
