अन्तरीक्ष प्रतिष्ठान नेपालको आयोजना तथा विज्ञान विभाग र निर्मल माध्यमिक विद्यालयको ब्यवस्थापनमा जेठ २२ देखि संचालित युनेस्को टिकरिङ स्याटलाईट बुटक्याम्प आज सम्पन्न भएको छ। उक्त कार्यशाला निर्मल माध्यमिक विद्यालयमा कार्यशालामा निर्मित स्याटेलाइट र सेन्सर सम्बन्धित सामग्रीहरूको प्रदर्शनी गरि कार्यक्रम सम्पन्न गरिएको हाे ।कार्यक्रममा निर्मल माध्यमिक विद्यालयको शिक्षक अभिभावक संघका अध्यक्ष हरिशरण खनालको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अथिति शिक्षा विकास तथा समन्वय इकाइका इकाई प्रमुख बसन्त राज पौडेल रहनुभएको थियो।


कार्यक्रममा विशिष्ट अतिथि पहिलो नेपाली स्याटेलाइट निर्माण र प्रक्षेपण गर्नुहुने अन्तरिक्ष प्रतिष्ठान नेपालका संस्थापक अध्यक्ष डा. आभाष मास्केले नेपालमा अन्तरिक्ष अध्ययनबारे प्रकास पार्नु भएको थियो।‌ कार्यक्रममा सहभागी विद्यार्थीहरूले ५ दिनसम्म अन्तरिक्ष प्रतिष्ठान नेपालबारे जानकारी हासिल गर्नुका साथै सोल्डरिङ गर्ने, भुकम्प, चाल तथा पानीको सतह सम्बन्धि सेन्सर निर्माण, स्याटेलाइट जडान र‌ निर्माण, स्याटेलाइट प्रोग्रामिङ, इलेक्ट्रोनिक्स सर्किट डिजाइन आदि सम्बन्धि सीप सिकेका थिए। उत कार्यक्रममा २३ विद्यालयका ११२ जना विद्यार्थीहरूको सहभागिता रहेको थियो भने आज भएको प्रदर्शनीमा दमौली आसपासका उल्लेख्य विद्यालयबाट धेरै विद्यार्थीहरूले अवलोकन गरेका थिए। प्रतिष्ठानले निर्मल माध्यमिक विद्यालयमा स्याटेलाइट सम्वन्धि ल्याबको सुरूवातको लागि आवश्यक सामग्रीहरू हस्तान्तरण पनि गरेको छ। साथै ईच्छुक विद्यार्थीहरूले विद्यालयको समन्वयमा उक्त ल्यावमा कामहरू गर्न सक्ने कुरा विद्यालयका प्रधानाध्यापक गणेशचन्द्र बस्नेतले जानकारी गराउनुभयो साथै उहाँले यस्तो नविनतम प्रविधियुक्त कार्यक्रम आयोजना गरी‌ विद्यार्थीहरूलाई सहजिकरण गर्नु हुने अनुसन्धानकर्ताहरू विकल्प ढुंगाना, सागर कोइराला र रौनक पाण्डेको कार्यप्रसंशा गर्दै धन्यवाद समेत ज्ञापन गर्नुभएको थियो।