आदिकवि नेपाली सिर्जनशील मञ्चको साधारण सभा , तेस्रो अधिवेशन तथा सृजनशील छात्रवृति कोष स्थापना कार्यक्रम उषा आलेको अध्यक्षतामा आईतबार सम्पन्न भएको छ । कार्यक्रममा स्वागत मन्तव्य मञ्चका संस्थापक अध्यक्षले सबै प्राध्यापक र बिधार्थीहरु बिचमा आपसि मेलमिलाप गर्दै अगाडि बढ्न सुझाब दिनु भएको थियो । क्याम्पस प्रमुख महाप्रसाद हड्खलेले मञ्चले आगामी दिनमा सिर्जनशील युक्त कार्य गर्नु पर्ने र त्यसमा हाम्रो साथमा रहेको बताउनु भयो । क्याम्पस स्ववियु अध्यक्ष गौरव पन्थले स्ववियु सदैवधार्थीको साथमा रहेको बताउनु भएको थियो । त्यस्तै पब्लिक शिक्षक सङ्घ आदिकवि भानुभक्त क्याम्पस अध्यक्ष एवम् नेपाली विभाग प्रमुख विजयराज खनालले नेपाली विधार्थीको साथमा सदैव रहेको बताउदै सृजनशील छात्रवृति कोषलाई रु १५ हजार प्रदान गर्ने प्रतिवद्वता जाहेर गर्नु भएको छ। अधिवेसनमा निर्वाचन समिति संयोजक विजयराज खनाल , सदस्य सुशील प्रसाद वाग्ले र नारायणी अधिकारीको समितिले निम्न कार्यसमिति चयन गरिएको छ । अध्यक्षमा लक्ष्मी लोहनी , उपाध्यक्षमा प्रतिमा राना , सचिव सुस्मिता विश्वकर्मा , कोषाध्यक्ष प्रतिक्षा भुजेल ,सहसचिव बिपना गोतामे ,सदस्यहरुमा आयुष वि क , सरिता सार्की , बिन्दु रम्तेल ,इन्द्र कुमारी थापा ,रोशनी गन्धर्व ,बिनिता थापा , बिनय सुवेदी ,निरज राना चयन भएका हुन् ।