तनहुँको भानु नगरपालिका १ नयाँ बस्तीमा जग्गा नापी सुरु भएको छ । विहिबार राष्ट्रिय भूमि आयोगले भूमिहिनको समस्या समाधानका लागि जग्गा नापी सुरु गरिएको हो । भूमिहीन सुकुमवासी ,भूमिहीन दलित, अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाणपत्र उपलब्ध गराउन राष्ट्रिय भूमि आयोग जिल्ला समितिसँगको सहकार्यमा नापीको काम सुरु भएको उपप्रमुख उमा गोतामेले जानकारी दिनुभयो। आयोगका जिल्ला सदस्य श्रीराम कार्कीले भानु नगरपालिकामा भूमिहीन दलित, सुकुमवासी तथा अव्यवस्थित बसोबासी गरी तीन हजार ३१७ परिवारले लालपुर्जाका लागि निवेदन दिएको जानकारी दिनुभयो।त्यस्तै आँबुखैरेनी गाउँपालिकाको छ वटै वडामा जग्गाको नापजाँचको काम पूरा भएको छ। भानु नगरपालिका वडा नं १ का वडाध्यक्ष कान्छीमाया तामाङले भूमिहीन नापजाँच सुरु भएपछि उत्साहित देखिएका बताउनुभयो ।
