नेपाल विद्यालय कर्मचारी परिषद् जिल्ला कार्य समिति तनहुँले धर्ना गरेका छन् । नेपाल सरकारको नीति तथा कार्यक्रमको बुदा नं १२७ मा समेत उल्लेख भएको तर बजेटमा नसमेटिएको भन्दै कर्मचारीहरुले विहिबार शिक्षा समन्वय इकाई तनहुँमा धर्ना गरेका हुन् । नेपाल विद्यालय कर्मचारी परिषद राष्ट्रिय समितिका केन्द्रीय महासचिव शान्तिनाथ योगि र अध्यक्ष गंगाराम तिवारीले प्रेस विज्ञप्ती जारी गर्दै देशभरका विद्यालय कर्मचारी चरणबद्ध आन्दोलनमा उत्रिएको जनाएका छन् । जेठ २० देखि २६ गतेसम्म विद्यालयको ताला चावी बुझाई सम्पूर्ण विद्यालय कर्मचारीहरु धर्ना गरेका हुन् । जेठ २० गतेदेखि आन्दोलन शुरु भएको असार २ गते देखि देशभरका विद्यालय ठप्प पार्ने चेतावनी समेत दिएका छन् ।
