श्री शिव पाञ्चायन मा.वि. व्यास ३, देउरालीनगर, तनहुँको आठौँ वार्षिकोत्सव तथा २३ औँ अभिभावक सम्मेलन विद्यालय व्यवस्थापन समिति अध्यक्ष विष्णुभक्त न्यौपानेको सभापतिमा सम्पन्न भएको छ । कायक्रमको प्रमूख अतिथि जिल्ला समन्वय समिति प्रमूखशान्तिरमण वाग्लेले पानसमा दिप प्रज्वलन गरि समुद््घाटन गर्नुभएको थियो । वाग्लेले आधारभूत र मा.वि. तहमा पर्याप्त मात्रामा दरबन्दि नहँुदा पनि विद्यालयकै व्यवस्थापनमा विद्यालयको शैक्षिक क्षेत्रमा अभिभावक तथा विद्यार्थीहरुको मन जित्न सफल भएकोमा बधाई तथा शुभकामना व्यक्त गर्नुभएको थियो । त्यसैगरि तहगत दरबन्दिको व्यवस्थाको लागि आफूले सक्दो सहयोग तथा सम्बन्धित ठाउँमा पहल गर्ने बताउनु भयो । त्यसै गरि उक्त कार्यक्रममा विशिष्ट अतिथि व्यास नगरपालिकाको मेयर श्री बैकुन्ठ न्यौपानेले विद्यालयको शैक्षिक, भौतिक
तथा आर्थिक क्षेत्रमा व्या.न.पा.ले सहयोग गरि राखेको र भविष्यमा पनि सहयोग गर्ने र छोटो समयमा नै शैक्षिक गुणस्तर वृद्धि गर्नका लागि वि.व्य.स.ले नै व्यवस्था गरी अभिभावकको मन जित्न सफल भएकोमा विद्यालय परिवारप्रति आभार प्रकट गर्नुभयो । विशिष्ट अतिथि प्रमूख जिल्ला अधिकारी श्री छविलाल रिजाल, संस्थापक व्यास नगरपालिकाको मेयर श्री तारा श्रेष्ठले कार्यक्रमको सफलताको शुभकामना व्यक्त गर्नुभएको साथै प्रस्तावित मा.वि. भए पनि छोटो समयमा शैक्षिक र भौतिक पक्षमा फड्को मारेको र अभिभावकको मन जित्न सफल भएकोमा वि.व्य.स र प्रशासन प्रति
आभार प्रकट गर्नुभयो । वडा नं. ३ को वडा अध्यक्ष श्री अनुप राना विद्यालय संस्थापक अध्यक्ष पवित्रा पौडेल वि.व्य.स. पूर्व अध्यक्षहरु नेत्र ब. रानाभाट, मुम बहादुर वंशी ठकुरी, वडा नं. ३ का वडा सदस्यहरु दधिराज घिमिरे, श्री माया वि.क., बिनु श्रेष्ठ, शिक्षक अभिभावक संघको अध्यक्ष बावुराम बगाले, टोल विकास संस्थाका अध्यक्षहरु, क्लब, आमा समूह, चन्दादाता तथा आदिकवि भानुभक्त क्याम्पस संचालक समिति अध्यक्ष श्री बुद्धिमान श्रेष्ठ, निर्मल मा.वि., बालमन्दिर मा.वि. र पराशर मा.वि प्र.अ. हरुले शुभकामना मन्तव्य राख्नु भएको थियो । विद्यालयको शैक्षिक र भौतिक पक्षलाई व्यवस्थित पार्नको लागि व्यास नगरपालिका वडा नं. ३ देउरालीनगर स्थित सेती मादी सामुदायिक वन समुहले अध्यक्ष बाबुराम वाग्ले तथा पदाधिकारीहरुको
उपस्थितमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बिष्णुभक्त न्यौपाने र प्र.अ. श्री बलराम वाग्लेलाई रु एक लाख रुपियाँ अक्षेरुपी हस्तान्तरण गर्नुभएको थियो । त्यसै गरी नमस्ते देउराली युवा क्लबको अध्यक्ष श्री तिल बहादुर थापाले संस्थाका तर्फबाट विद्यालयलाई रु (पाँच हजार रुपियाँ सहयोग गर्नुभएको थियो भने वडा नं. ३ निवासी श्री धन बहादुर निरौला र दिपक मा.वि. का प्र.अ. टेक हादुर थापाले रु एक हजार दश सहयोग गर्नुभएको थियो । साथै विद्यालयमा अध्ययनरत जेहेनदार तथा विपन्न विद्यार्थीहरुलाई पढाईमा सहयोग हुने हेतुले वडा नं. ३ निवासी श्री टेक कुमारी पौडेल ज्यूले रु एक लाख एघार हजार रुपैया अक्षय कोषको लागि प्र.अ. एवम् वि.व्य.स. अध्यक्षलाई हस्तान्तरण गर्नुभएको थियो । विद्यालयको आर्थिक, भौतिक, शैक्षिक लगायत पक्षलाई समेटी विद्यालयका प्रधानाध्यापक श्री बलराम वाग्ले ज्यूले वार्षिक प्रतिवेदन पेश गर्नु भएको थियो । स्वागत मन्तव्य पुर्व प्र.अ. एवम् शिक्षक श्री सरिता पौडेलले गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन स.प्र.अ. श्री हेमलाल घिमिरेले गर्नुभएको थियो ।
