केही दिन अघि परेको भिषण हावाहुरीसँगै परेको असिना पानीले तनहुँमा २८ लाख भन्दा बढी खेतबारीमा क्षति पुराएको छ । असिनापानीले तनहुँमा करिब २८ लाख रुपैयाँ भन्दा बढीको क्षति पुगेको कृषि ज्ञान केन्द्र तनहुँका योजना अधिकृत विष्णु प्रसाद ओझाले जानकारी दिनुभयो । व्यास नगरपालिका र शुक्लागण्डकी नगरपालिकाबाट मात्र तथ्यांक प्राप्त भएको र अन्य पालिकाहरुबाट तथ्यांक आउन बाँकी रहेको ओझाले बताउनुभयो ।असिना पानीले धेरै धान, मकै, तरकाली र फलफुलहरुमा क्षेती पुराएको छ । गोपाल मौरती १५ रोपनीमा लगाएको तरकारी र सुवदेव अधिकारीको १५ रापनीमा लगाएको तरकारीमा असिना पानीले क्षेती पुराएको थियो । त्यस्तै राजेन्द्र पौडेलको ४९ रेपनीमा लगाएको तरकारी र मकै असिना पानी हावाहुरीले क्षेती पुराएको ओझाले जनाकारी दिनुभयो ।
