व्यास १ विज्ञनचाैर स्थिति अादिकवि भानुभक्त क्याम्पस स्नातक तह प्रथम बर्ष( शिक्षाशास्त्र सङ्काय , मानविकी सङकाय ) र स्नातकोत्तर तह प्रथम सेमेस्टरको स्वागत , छात्रवृति वितरण एवम् वृहत् सांस्कृतिक कार्यक्रम साेमबार सम्पन्न भएको छ । सागर पाण्डेको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि बैकुन्ठ न्यौपानेले क्याम्पसमा अध्ययन गर्ने बिधार्थी मात्र नभएर यस्ता मानवतावादी र बिधार्थी हित युक्त कार्यक्रम गर्नु पर्ने बताउनु भयो । क्याम्पस सञ्चालक समिति अध्यक्ष वुद्विमान श्रेष्ठले बिधार्थीको लागि यस्ता कार्यक्रम आवश्यक रहेको बताउनु भएको थियो । क्याम्पस प्रमुख महाप्रसाद हड्खलेले बिधार्थीको साथमा क्याम्पस सदैव रहेको र बिषय क्षेत्रका आधारमा सबै सम्मान गर्नुपर्ने बताउनु भयो ।

त्यस्तै पब्लिक क्याम्पस प्राध्यापक सङघ क्याम्पस इकाइ प्रमुख विजयराज खनालले सबै प्राध्यापकहरु, बिधार्थीहरूले गर्दा कार्यक्रम सफलताको शुभकामना व्यक्त गर्नु भएको थियो । मानविकी सङकाय प्रमुख बिमल गिरि र शिक्षा शास्त्र सङकाय प्रमुख गजेन्द्र पौडेलले क्लबहरुको कार्यको सराहना गर्दै कार्यक्रम सफलताको शुभकामना व्यक्त गर्नु भयो । त्यस्तै कार्यक्रममा स्ववियु अध्यक्ष गौरव पन्थले स्ववियु सधै बिधार्थीको साथमा रहेको कुरा बताउनु भएको थियो । कार्यक्रममा स्नातक तह प्रथम बर्ष( शिक्षाशास्त्र सङ्काय , मानविकी सङकाय ) र स्नातकोत्तर तह प्रथम सेमेस्टरको बिधार्थीहरुलाई फुलको गुच्छा , पेन र अबिर लगाएर स्वागत गरिएको थियो । उक्त कार्यक्रममा वल्र्ड लिक कमिनिकेसन दमौली शाखा प्रमुखले बिआइसिटि छात्र अनिस पुन मगरलाई रु १४४०० को छात्रवृति प्रदान गर्दै वल्र्ड लिक कमिनिकेसनका दमौली शाखा प्रमुख हरि नारायण रेग्मीले बिधार्थीको साथमा आफु आफ्नो कम्पनी सधै रहेको कुरा जाहेर गर्नु भएको थियो ।

उक्त कार्यक्रमको अवसरमा ७ जना बिधार्थीहरुलाई आयोजक समितिद्वारा छात्रवृति प्रदान गर्ने घोषणा गरिएको थियो । आयोजक समितिले रु ३ हजार बराबरको स्टेसनरी सामान छात्रावासलाई उपलब्ध गराएको थियो । उक्त कार्यक्रमको स्वागत मन्तव्य स्नातक तेस्रो बर्षकी कविता सुर्खालीले र धन्यवाद मन्तव्य स्नातक प्रथम बर्षकी लक्ष्मी लोहनीले गर्नु भएको थियो । साथै कार्यक्रममा सञ्चालक समिति उपाध्यक्ष खरसिङ दरै , सञ्चालक समिति सद्स्यद्वय बिणा कैनी , क्याम्पस सहायक प्रमुखद्वय डा.रामकुमार अधिकारी , आदिकवि माध्यमिक बिधालय व्यबस्थापन समिति अध्यक्ष ऋषिराम ढुङगाना सेवक , आदिकवि माध्यमिक बिधालय व्यबस्थापन समिति सदस्यद्वय शान्त वास्तोला , निर्मल पण्डित , लक्ष्मीकान्त मिश्र , विज्ञान बिभाग प्रमुख राजन घिमिरे , क्याम्पस प्रशासकीय अधिकृत बसन्ती आले मगर , सहायक प्रशासकीय अधिकृत सुदर्शन पोखरेल , स्ववियु सचिव अनुप आले , स्ववियु कोषाध्यक्ष निर्दोष भट्टराई , अतिरिक्त कृयाकलाप सद्स्य एवम् स्ववियु सद्स्य गणेश पोखरेल ,स्ववियु सदस्यद्वय सुनिल रानाभाट , राहुल नेपाली , व्यवस्थापन बिधार्थी सर्कलका अध्यक्ष निशा भन्डारी , एबिआइटि क्लबका अध्यक्ष बिशाल रुचाल , रेडक्रस सर्कलका उपाध्यक्ष सुमन खड्का लगायत प्राध्यापक एवम् बिधार्थीहरुको उपस्थिति रहेको थियो । उक्त कार्यक्रमको प्रायोजकहरुमा वल्र्ड लिक कमिनिकेसन नेपाली विभाग , मानविकी विभाग , श्रीराम बस्त्रालय , बरेली टेलर्स , जि एस कम्प्युटर , देव किराना पसल , गणित बिभाग , दमौली आटर्स , अधिकारी स्टोर्स , क्यामिन सुनचाँदी पसल , नेशनल इलेक्ट्रॉनिक्स , शुभकामना बेकरी, सिर्जना बेकरी, सफल किराना पसल , झोर्ले आटर्स आदि रहनुभएको थियो ।
