खाद्य प्रविधि र गुण नियन्त्रण डिभिजन कार्यालय दमौलीलेआईताबार बजार अनुगमन कार्यलाई तीब्रता दिएको छ । खाद्य पदार्थमा मापदण्ड,जीवन रक्षाको आधार स्तम्भ’ भन्ने मुल नाराका साथका सप्ताहव्यापी कार्यक्रम अन्र्तगत अनुगमन कार्यलाई तीब्रता दिएको हो । निरन्तर बजार अनुगमन कार्य थालेपछि सुधार हुदै गएको खाद्य निरीक्षक सन्तोष थापामगरले जानकारी दिन्ुभयो ।अनुगमनको क्रममा होटलमा सरसफाई नभएको,पसलमा दैनिक उपभोग्य बस्तुका म्याद गुज्रिएका,मिठाई पसलमा फ्राई गरेको तेलको ९टिपिएम० टोटल पोलार म्याट्रियल मापदण्ड बिपरीत रहेको पाइएको थापामगरले बताउनुभयो । पसलहरुमा फ्राई गरेको तेलको ९टिपिएम०टोटल पोलार म्याट्रियल परीक्षण गर्दा केही पसलमा सुधार भएको र केहीमा मापदण्ड बिपरीत रहेको भेटिएकाले नष्ट समेत गरिएको कार्यालय प्रमुख प्रशान्त पोखरेलले बताउनुभयो । पोखरेलले भन्नुभयो मापदण्ड बिपरीत रहेको पसलहरुले आउँदा दिनमा यस्ता गल्ती नदोहोराउन सुझाब दिदै तेल नष्ट गरिएको हो । साथै यही जेठ २४ गते विश्व खाद्य स्वच्छता दिवस देशभर मनाइदैछ ।