तनहुँको आँबुखैरेनी गाउँपालिका कार्यालयले स्थानीय स्तरमा संचालित टेम्पोको भाडादर कायम गरेको छ । आईतबार गाउँपालिकाले एक सूचना जारी गर्दै भाडादर सार्वजनिक गरेको हो । गाउँपालिकामा दर्ता भै स्थानीय स्तरमा संचालनमा आएका टेम्पोहरुले जथाभावी भाडा लिने गरेको यात्रुहरुबाट व्यापक गुनासो आएपछि गाउँपालिकाले भाडादर कायम गरिदिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बिष्णु प्रसाद शर्माले जानकारी दिनुभयो ।