केहीदिन यता अत्यधिक गर्मी बढेसंगै व्यास नगरपालिका कार्यालयले व्यासभित्र संचालित विद्यालयहरुलाई गर्मी बिदा दिन अनुराेध गरेकाे छ । शुक्रबार एक सुचाना जारी गदै बर्षे बिदाबाट कटौती हुने गरी गर्मी बिदा दिन अग्राह गरेकाे हाे । विद्यार्थी तथा बालबालिकाहरुलाई स्वअध्ययन गर्न सिकाई बोध नहुने गरी गृहकार्य दिने, सिर्जनशील सिकाई क्रियाकलाप दिने,चित्रकला, हस्तकला, लेखनकला र दिनको समयमा घर बाहिर नजान, खेलकुद सम्बन्धि गतिबिधी नगर्न र प्रशस्त पानी पिउन सुझाव दिन व्यासनगर शिक्षा शाखाका प्रमुख नविन पराजुलीले जानकारी दिनुभयाे । आगामी हप्तामा समेत तापक्रम बढ्ने प्रक्षेपण देखिएकाले गर्मीका कारण पठनपाठनमा प्रतिकुल असर परेर बिदा गर्न आवश्यक देखिएका विद्यालयहरुले बिदा लिन सक्ने नगरपालिकाले जनाएकाे छ ।