महिलाको हक अधिकार सबैको सरोकार’ भन्ने मुल नारा सहित ५ औँ राष्ट्रिय महिला अधिकार दिवस मंगलबार दमौलीमा सम्पन्न भएको छ । कार्यक्रमको प्रमुख अतिथि व्यास नगरपालिका प्रमुख बैकुण्ठ न्यौपानेले कार्यलयहरुले प्रदान गरिने सेवा सुविधामा महिलाहरुलाई बन्चित नभएता पनि गाँउ गाँउ तिर महिलाहरुको आफ्नो हक अधिकारबाट बन्चित हुनु परेको बताउनु भएको छ । महिलाहरुको हक अधिकारका लागि स्थानिय तहमा महिला जनप्रतिनिधि रहेको र आफ्नो समस्यहरु खुलेर राख्न सके महिलाहरु बन्चित हुन नपर्ने समेत बताउनुभयो । त्यस्तै उपमेयर इन्दिरा दरैले एक वर्षमा ९४ वटा मुद्दा दर्ता भएको र यस मध्य धरै महिला हिसां रहेको बताउनुभयो । कार्यक्रमको प्रशिक्षण अधिभक्त सरिता भन्डारीले गर्नु भएको थियो । उहाँले महिलाहरूले राज्यबाट पाएको अधिकार बारे व्याख्या गर्नुभएको थियो । कार्यक्रममा शिक्षा तथा समाजिक प्रमुख नवीन पराजुलीले महिलहरूले भोगेका समस्या लाई न्युनिकरण बारे चर्चा गर्नुभएको थियो । साथै उक्त कार्यक्रमा विभिन्न संघ सस्थाका महिला प्रतिनिधिहरुको उपस्थित रहेको थियो ।