तनहुँका किसानहरुले बाँदर आतंक रोक्न सरकारसंग माग गरेका छन् । शनिवार व्यास नगरपालिका ३ अनसन चौतारीमा कोणसभा कार्यक्रममा स्थानीय, प्रदेश र संघीय सरकारले बाँदर नियन्त्रणको लागि पहल गर्नु पर्ने माग गरेका हुन् । खेतबारीमा दुखले गरेको खेतीबालीलाई बाँदरले गर्दा संरक्षण गर्ने नसकेको र विगत वर्षदेखि नै बाँदर नियन्त्रणको लागि माग गर्नै आए पनि कुनै पनि सरकारले बेवास्था गरेको किसानहरुको भनाइ छ ।बाँदरले गर्दा आफुहरुले दुख गरे जस्तो खेतीबाली उत्पादन गर्ने नसकेको बताए । तनहुँबाट भोट दिएर संसाद दखि राष्ट्रिपति सम्म बनाउदा पनि आफुहरुको माग सम्बोधन नभएको गुनासो समेत गरेका थिए । बाँदर आतंकले गर्दो किसानले धेरै दुख पाएको र अब पनि माग पुरा नभए अन्दोलन समेत गर्ने चतावनी किसानहरुले दिएका छन् । साथै प्रकृति पर्यावरण संरक्षण मञ्च तनहुँका अध्यक्ष सुदर्शन प्रधानले तनहुँमा मात्रै करिब ६० हजार बाँदर रहेको अनुमान गरिएको बताउनुभएको छ । बाँदरबाट विस्थापित जनताको जमिनको मुआब्जा दिनुपर्ने, कुनै पनि मूल्य चुकाएर नीति बनाएर बाँदर आतङ्क रोक्नुपर्ने प्रधानको भनाइ छ ।