संखुवासभामा एक युवाले युवतीको हत्यागरी आफैंलाई खुकुरी प्रहार गरेका छन् । खाँदबारी नगरपालिका–१ का नन्दराम गदामले उनकै प्रेमिका भनिएकी एक युवतीको हत्या गरेका हुन् । हत्यापछि आफैँलाई खुकुरी प्रहारगरी गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । गदाल बिहीवारमात्रै नेपाल प्रहरीको तीन महिने तालिम सकेर घर फर्किएका थिए  ।
२३ वर्षीय नन्दरामले शुक्रवार बिहान खाँदबारी–१ बस्ने युना दर्नालको हत्या गरेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका डीएसपी वीरेन्द्र गोदारले जानकारी दिए । उनका अनुसार युना २१ वर्षीया युनाको खुकुरी प्रहारबाट घट्नास्थलमै मृत्यु भएको हो ।
प्रेमिकाको हत्यागरी गदालले आफ्नो  छातीमा खुकुरी प्रहार गरेको उनको भनाइ छ । गम्भीर घाइते नन्दरामको जिल्ला अस्तपालमा खाँदबारीमा उपचार भइरहेको छ।  घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । लोकान्तर