व्यास नगरपालिका र बैदेशिक रोजगार बोर्ड कार्यालयको संयुक्त आयोजनामा बिदेशबाट फर्किएका चौरासी जनालाई दुई दिने पुन ः एकिकरण कार्यक्रम विहिबार सम्पन्न गरेको छ । बिदेशबाट फर्किएर व्यक्तिहरुका उद्योगलाई प्रबद्र्धन गर्ने र नगरेकालाई उद्योगी बनाउने उद्देश्यले उक्त कार्यक्रमको आयोजना गरिएको हो ।
सो कार्यक्रममा बोल्दै व्यास नगरपालिका मेयर बैकुण्ठ न्यौपानेले बैदेशिक रोजगारमा हुदा आफुले सिकेको सीपलाई स्वदेशमा प्रयोगमा ल्याई आत्मनिर्भर बनाउनुपर्ने र त्यसको लागि नगरपालिकाले साथ दिने बताउनुभएको थियो । साथै व्यासका चौध वटै वडाबाट १६३ जनाको नामावली सूचीकृत भएपनि पुन एकिकरण कार्यक्रममा ८४ जना सहभागि भएको उद्योग पर्यटन श्रम तथा रोजगार शाखाका प्रमुख राजेन्द्र कार्कीले जानकारी दिनुभयो । बैदेशिक रोजगार बोर्डको रु १७ लाख बीस हजार र नगरपालिकाको रु१२ लाख गरी कूल २९ लाख २० हजार उद्यमी गर्दै आएका व्यक्तिहरुका उद्यमीका लागि सहयोग गरिने छ । कार्यक्रममा कृषि,पशुपालन,किराना पसल,घरेलु उद्योग,फेन्सी लगायतका व्यवसाय गर्दै आएका व्यक्तिको व्यवसाय दर्ता भएको हुनुपर्ने र ५५ बर्ष उमेर ननाघेका,बिदेशबाट फर्किएको दश बर्ष ननाघेकालाई प्रोत्साहन कार्यक्रम गर्ने रहेको छ । उक्त कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत गंगालाल सुवेदी,आलेप नोडल अधिकृत कुमार कञ्चन जिसी,उद्योग पर्यटन शाखाका प्रमुख राजेन्द्र कार्की,सामी कार्यक्रम संयोजक लुना राना,मनोसामाजिक परामर्शदाता संगित गुरुङ्ग लगायतकाले प्रशिक्षण प्रदान गरेका थिए ।