काठमाडौं । बिहीबार सुनको मूल्य तोलामा एक हजार रुपैयाँले घटेको छ । vनेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको प्रतितोला मूल्य १ लाख ८ हजार ८०० र तेजावी सुनको मूल्य १ लाख ८ हजार ३०० रुपैयाँ तोकिएको छ । बुधबार छापावाल सुनको प्रतितोला मूल्य १ लाख ९ हजार ८०० र तेजावी सुनको मूल्य १ लाख ९ हजार ३०० रुपैयाँ तोकिएको थियो । बिहीबार चाँदीको मूल्य भने घटेको छ । तोलामा १० रुपैयाँले घटेको चाँदीको मूल्य बिहीबार १ हजार ३५० रुपैयाँ तोकिएको छ ।बुधबार चाँदीको प्रतितोला मूल्य १ हजार ३६० रुपैयाँमा खरिद बिक्री भएको थियो ।