दाङ। नेपाल पत्रकार महासंघ रुकुम पश्चिमले ४२ जना साधारण सदस्यहरुको सदस्यता कटौती गरेको छ । नेपाल पत्रकार महासंघको सदस्यता शुद्धीकरण अभियान अन्तर्गत महासंघको रुकुम शाखाले १०३ मध्ये ४२ जना साधारण सदस्यहरुको सदस्यता कटौती गरेको हो ।पत्रकारितामा सक्रिय नरहेर राजनीतिमा रहेका, स्थायी सरकारी सेवा, वैदेशिक रोजगारी र व्यापार व्यवसायमा लागेकाहरुको सदस्यता नवीकरण नगर्ने निर्णय गरिएको महासंघ रुकुम पश्चिमका अध्यक्ष लक्ष्मण केसीले जानकारी दिए । ४२ जना साधारण सदस्यहरुको सदस्यता नवीकरण नगर्ने निर्णय गरी महासंघको प्रदेश र केन्द्रीय समितिमा सिफारिस गरिएको अध्यक्ष केसीले बताए ।
