तनहुँको सदरमुकाम दमौली स्थित दमौली अस्पताललाई एक सय बेडको स्तरोन्नती गरिने भएको छ । सोमबार गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेसँग दमौली अस्पताल विकास समितिका पदाधिकारीहरुसँग भेटघाट कार्यक्रमा पाण्डेले एक सय बेडको क्षमतामा स्तरोन्नती गर्ने प्रतिबद्धता जनाउनुभएको हो । मुख्यमन्त्री पाण्डेले दमौली अस्पतालाई एक सय बेडको बनाउन आफु लाग्ने सकारात्मक आश्वसन दिनुभएको दमौली अस्पताल विकास समितिका अध्यक्ष देवेन्द्र थापा बताउनुभयो। विगत लामो समयदेखि दमौली अस्पतालमा निमित्त सुपरीटेण्डेनको भरमा काम गर्नुपर्दा कठिनाई भएकोले एक जना सुपरीटेण्डेन पठाउन समेत पहल गरिदिन आग्रह गरेको अध्यक्ष थापाले बताउनुभयो । कार्यक्रममा पूर्व भौतिक पूर्वाधार मन्त्री हरि चुमान,दमौली अस्पताल विकास समितिका सदस्य केश बहादुर सुनार, सिर्जना सिग्देल र जिल्ला समन्वय समिती तनहुँका पूर्व प्रवक्ता गल बहादुर गुरुङको समेत सहभागिता रहेको थियो ।