शिक्षासेवी हरिशचन्द्र वाग्ले क्रियाशील महिला पत्रकारिता पुरस्कार २०७९ तनहुँका पत्रकार सोनी शर्मालाई प्रदान गरिने भएको छ। क्रियाशिला पत्रकार महिला डब्लू डब्लू जे गण्डकीका संस्थापक अध्यक्ष दुर्गा अधिकारी संयोजक रहेको प्रतिभा छनौट समितिको सिफारिसमा क्रियाशील पत्रकार महिला डब्लू डब्लू जे गण्डकीको हालै बसेको बैठकले शर्मालाई जेठ १२ गते पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो । शर्मा नेपाल पत्रकार महासंघ गण्डकीका उपाध्यक्ष एवम् डब्लू डब्लू जे तनहुँका संस्थापक अध्यक्ष समेत हुनुहुन्छ । यसअघि कास्कीका पत्रकार दुर्गा अधिकारी र म्याग्दीका पत्रकार रेखा कौशल रेग्मी परस्कृत हुनुभएको क्रियाशील पत्रकार महिला गण्डकीका अध्यक्ष सरिता तिम्सिना पगेनीले जानकारी दिनुभयो । शर्मा करिब दुई दशकदेखि पत्रकारितामा सक्रियता हुदै आउनुभएको छ ।