तनहुँको आँबुखैरेनी गाउँपालिकाले श्रम स्वीकृति सुरु गरको छ । वैदेशिक रोजगारीमा जान आवश्यक पर्ने श्रम स्वीकृतको निस्सा प्रदान गरेर श्रम स्वीकृत दिन थालिएको गाउँपालिका अध्यक्ष शुक्र चुमानले बताउनुभयो । नेपाल सरकार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले स्थानीय तहमै श्रम स्वीकृत दिने निर्णयअनुसार बुधबारबाट गाउँपालिकाले श्रम स्वीकृति दिन थालेको हो । पालिकाका प्रमुख प्रशासकिय अधिकृत बिष्णु शर्माले श्रम स्वीकृतिका लागि सम्बन्धित व्यक्तिले पासपोर्ट र भिसासम्बन्धी कागजात लिएर आउनुपर्ने हुन्छ र सम्बन्धित व्यक्तिले ल्याएको कागजातका आधारमा रोजगार केन्द्रले सोसम्बन्धी स्वीकृतिका लागि आवश्यक सहजीकरण गरिदिने बताउनुभयो ।१६ चैतमा नेपाल सरकार प्रधानमन्त्री तथा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय० को मन्त्रीस्तरीय निर्णयबाट वैदेशिक रोजगारमा जान चाहने नागरिकले सम्बन्धित स्थानीय तहबाटै श्रम स्वीकृति तथा पुनः श्रम स्वीकृति लिनुपर्ने निर्णय भएको थियो । वैदेशिक रोजगार ऐन तथा वैदेशिक रोजगार नियमावलीमा भएको व्यवस्थाअनुसार वैदेशिक रोजगारमा जान चाहने हरेक नागरिकले अनिवार्य श्रम स्वीकृति लिनुपर्ने प्रावधान रहेको छ ।
