सुरेश सुनार तनहुँ
दमौली, फागुन २२ गते
तनहुँ जिल्ला व्यास नगरपालिका वडा नं –४ दमाैली मेनरोड अगाडि रहेकाे हार्डवयरमा आगोलागी हुँदा अबौंको क्षति भएको छ । तनहुँ उधाेग बाणिज्य संघ बजार ईकाई समितिका सभापति भुपाल अालेकाे हार्डवायमा अागलागि हुदा अरबैंकाे छेति हुन पुगेकाे हाे ।
आइतबार विहान करिब १० बजेकाे समयतिरबाट सुरु भएको आगो करिब ३ घण्टासम्म दन्कियकाे थियाे । भुपाल हार्डवयरबाट सुरुभएकाे अागाे ज्योति जनरल सप्लायर्स हुँदै आसपासका करीव १५ भन्दाबढि घरमा क्षति पुगेको थियाे । संगै जाेडिएकाे घर भएकाे हुनाले एकपछि अर्काे घरमा सर्दै जादा करीब १० वटा घरहरु जलेका थिएभने करीब ४० बटा भन्दा बढि घर तथा पसलका सामानहरु लथालिङ्ग भएका थिए । धेरै लामाे समयसम्म अागाे नियन्त्रणमा अाएकाे थिएन । जिल्लामा दमकलकाे अभाबका र पुर्वतयारीकाे अभाबका कारणले गर्दापनि अागाे समयमा नियन्त्रणमा नअाएकाे स्थानियहरुकाे भनाई छ ।
जाेडिएकाे घर भएकाले दमकल आगो भएको स्थान पुर्याउन नसक्दापनि लामाे समय अागाे नियन्त्रणमा लिन धेरै मुस्किल भएको थियाे । चारवाटा डोजरले हार्डवायर भएकाे घर र मिनिमार्केटकाे सटर भत्काएर दमकल पस्ने वाटाे बनाईएपश्चात् दमकलले अागाे निवाउ सरु गरिएकाे थियाे । नगरपालिकाकाे दमकल लगाएतका दमकलले मात्र अागाे नियन्त्रणमा लिन नसक्दा पाेखराबाट दमकल बाेलाईएकाे थियाे ।
दमौलीमा आगलागी अनियन्त्रित भएको र स्थानीय स्तरबाट निभाउन नसकिएको खबर विभिन्न सन्जालबाट प्रतक्ष खबर पाएपछि श्रममन्त्री कृष्ण कुमार श्रेष्ठ (किसान) सिम्रिक एयरको हेलिकप्टर लिएर विपद् जोखिम न्यूनीकरण तथा आगलागी नियन्त्रणको प्रशिक्षण लिएका प्राविधिक टोलीसहित स्वयम घटनास्थल दमौली आएका थिए । उनले याे दुखद खबर देखेपस्चात प्रधानमन्त्री ज्यु संग सहकार्य गरि तत्काल हेलिकप्टर लियर सहायताकाेलागि अाएकाे बताएका थिए ।