पृथ्वी राजमार्गको सडक मध्य भागबाट २५ मिटर भित्र कुनै पनि स्थाइ र अस्थाइ संरचना बनाउन रोग गरको छ । मुग्लिङ पोखरा सडक योजना पुर्वी खण्डले मंगलबार सुचना जारी गर्दै आँबुखैरेनी गाउँपालिका, बन्दीपुर गाउँपालिका, ब्यास नगरपालिका र म्याग्दे गाउँपालिका लाइपत्रचार गर्दै पृथ्वी राजमाग सडक बिस्तार कार्य भइरहेको र अझै पनि सडक मध्य भागबाट दायाँ बायाँ २५ मिटर भित्र नयाँ संरचना बनाउने कार्य नरोकिएको मुग्लिङ पोखरा सडक योजना पुर्वी खण्डका योजना प्रमुख नरेन्द्र सुबेदीले बताउनु भयो । सडक मध्य भागबाट दायाँ बायाँ २५ मिटर भित्र नयाँ संरचना बनाउने कार्य कडाइका साथ रोक लागउन स्थानिय तहलाइ सहजिकरण गरिदिन आग्रह गरेको छ ।