नेपाल आयल निगमले एकैपटक डिजेलको मूल्य प्रतिलिटर १० रुपैयाँ घटाएको छ । निगम सञ्चालक समितिको मंगलबार बसेको बैठकले डिजेलको मूल्य प्रतिलिटर १० रुपैयाँ घटाउने निर्णय गरेको हो ।इन्डियन आयल कर्पोरेशनबाट मंगलबार नै मूल्य घटेर आएसँगै निगमले डिजेलको मूल्य घटाएको हो । यस्तै निगमले मट्टीतेलको मूल्य पनि प्रतिलिटर १० रुपैयाँ नै घटाएको छ। आज मध्यरातिदेखि नयाँ मूल्य कार्यान्वयनमा आएपछि निगमको डिपो/कार्यालयदेखि १५ किलोमिटरसम्मको दुरीमा डिजेल र मट्टितेल प्रतिलिटर १५५ रुपैयाँ खरिद गर्न सकिनेछ ।निगमले हाललाई पेट्रोल, हवाई इन्धन र ग्यासको भाउ भने यथावतै राखेको छ ।