तनहुँको शुक्लागण्डकी नगरपालिका कार्यालयले दश महिनाको अवधिमा इन्धनमा झण्डै रु सत्तरी लाख खर्च गरेको भेटिएको छ । ०७९ असारदेखि बैशाख महिनासम्म पेट्रोल र डिजलमा खरीदमा रु। ६९ लाख ८४ हजार ८ सय ७१ खर्च गरेको हो ।
उक्त अवधिमा २८ हजार ५ सय छयासी लिटर डिजल र १२ हजार नौ सय साठी लिटर पेट्रोल खर्च भएको बिवरण सार्वजनिक भएको छ । डिजलमा रु सत्चालिस लाख सोह्र हजार सात सय तेइस र पेट्रोलमा रु बाइस लाख अट्सठ्ठी हजार एक सय अटचालिस खर्च भएको सो नगरपालिकाले विवरणमा देखाइएको छ ।