ट्राफिक सप्ताह अन्तरगत शनिबार दमौलीमा रक्तदान कार्यक्रम सम्पन गरेको छ । दमौलीको अनसन चौतारीमा आयोजित रक्तदान कार्यक्रममा १९ जनाले रक्तदान गर्दा १९ पिन्ट ब्ल्ड संकलन भएको जिल्ला ट्राफिक प्रमुख राजीव बिष्टले जानकारी दिनुभयो । नेपाल रेडक्रस सोसाइटी तनहुँको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रममा सिमित व्यक्तिबाट मात्रै रक्तदान गरिएको थियो । ट्राफिक सप्ताह सोमबार देखि शुरु भएको आज समापन भएको छ । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयको आयोजना,आन्तरिक मामिला तथा कानुन मन्त्रालय र गण्डकी प्रदेश प्रहरी कार्यालयको संयुक्त समन्वयमा ट्राफिक सप्ताह सुरु भएको हो । ट्राफिक सप्ताहको अवसरमा ट्राफिक नियम संम्बन्धी सचेतना,चालकको स्वास्थ्य परीक्षण लगायतका कार्य गरिएको थियो ।कार्यक्रमा व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपाने , जिल्ला समन्य समिति प्रमुख शन्तिरमण वाग्ले ,जिल्ला प्रहरी तनहुँ प्रमुख अवदेश बिष्ट , वडाका प्रमुख जनप्रतिनिधिहरु लगाएत पत्रकारको उपस्थित रहेको थियो ।