तनहुँको आँबुखैरेनी गाउँपालिका–१ गुम्बाबगैचा स्थित खुलाचौरमा व्यायामशाला संचालनमा आउने भएको छ । ‘स्वास्थ्यको लागि व्यायाम’ भन्ने मुल नारा सहित गाउँपालिकाले रु दश लाख बजेट बिनियोजनमा व्यायामशालास्थल निर्माण गर्न लागेको हो । उक्त व्यायामस्थलमा निःशुल्क व्यवस्था मिलाइएको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जानकारी दिनुभयो ।

‘एक पटकमा १२ जना मानिसले व्यायाम गर्न पाउने र सात किसिमका व्यायाम मेशिन जडान गरिने चुमानले बताउनुभयो । मेशिन फिट गर्ने कार्य सम्पन्न भैसकेकाले अब एक÷दुई दिन भित्रमा कंक्रिट सहितले मेशिन जडान गरिने हुँदा मानिसले सजिलै फुकालेर लैजान नसक्ने किसिमको हुने उहाँले बताउनुभयो ।व्यायामशाला निर्माण गर्ने पहिलादेखि सोच भएपनि खुला स्थान नपाउँदा बनाउन नसकिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बिष्णुप्रसाद शर्माले जानकारी दिनुभयो ।