३ दिने मौरीपालन सम्वन्धी तालिम सम्पन्न भएको छ । म्याग्दे गाँउपालिकाको कृषि शाखाद्धारा आयोजित तालिमा पालिका भरका कृषकहरुलाई मौरीपालन सम्वन्धि तालिम दिईएको हो । कृषि शाखाको आव ०७९।०८० को वार्षिक स्वीकृत कार्यक्रम अन्र्तगत मौरीपालन तालिम दिईएको हो । कार्यक्रमको समापन गर्दे पालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले पालिकालाई समृद्ध वनाउन कृषि र उत्पादनमा लाग्नुपर्ने वताउदै पालिका जनताको समृद्धीका लागी लागिपरेको वताउनुभयो । सिप सिकाईले आत्मानिर्भर वनाउने हुदाँ सवैजना सवल वनेमा आर्थिक रुपमा पनि सढृढ हुने अध्यक्ष श्रेष्ठले वताए । मौरीको मह उत्पादन गर्न सकेमा वजारीकरणको समस्या नहुने र राम्रो आम्दानी पनि गर्न सकिने हुदाँ यसको व्यवहारिक ज्ञान सगै कार्यन्वयन पनि गर्नुपर्ने अध्यक्ष श्रेष्ठले वताए । यसैगरि पालिकाका उपाध्यक्ष वालकृष्ण घिमिरे आत्मानिर्भर वन्नुका लागी उत्पादनको विकल्प नभएको वताउनुभयो । उत्पादन विना आर्थिक रुपमा सवल वन्न नसकिने हुदाँ श्रमप्रतिको सम्मान र कृषि तथा उत्पादनमा जोड दिनुपर्ने वताए । कार्यक्रममा पालिकाका प्रमुख प्रशासकिय अधिकृत जितराज राना, वडाध्यक्ष लगायतले धारणा राखेका थिए पनि कृषि शाखाका प्रमुख रुक्मणि घिमिरेले कार्यक्रमको संचालन गरेका थिए ।