तनहुँको व्यास नगरपालिका २ स्थित भितुना मःम हाउसको गुणस्तरीय सुप र अचार नष्ट गरिएको छ । बुधबार खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यलय तनहुँ र उद्योग तथा पर्यटन कार्यलयको आयोजनामा अनुगमन गरी उक्त अखाद्य बस्तुहरु नष्ट गरिएको हो । खान अयोग्य मःम को सुप नष्ट गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यलयका प्रमुख प्रसान्त पोख्रेलले बताउनु भयो । पटक पटक चेतावनी दिदा समेत अटेर गरेपछि १५÷१५ लिटरको ३ बाल्टी अचार र सुप नष्ट गरिएको पोख्रलले बताउनुभयो । आगमी दिनमा मःम र त्यसमा प्रयोग हुने अचार र सुप प्लायिटकको भाडो प्रयोग नगरी बिक्रि गर्न भनिएको छ । सोहि ठाँउमा रहेका किराना पसलहरुले नियम विपरित कुटानी पिसानी र किराना पसल एकै ठाँउमा संचालन गरेको भेटिएकाले सचेत गराइएको उद्योग तथा पर्यटर्न कार्यलयका प्रमुख अविनास कुवरले बताउनुभयो । साथै मानव स्वास्थ्यमा खेलवाड हुने अखाद्य वस्तु बिक्रि गरेको पाइएकोले उक्त मःम हाउसलाई चेतावनी दिइएको छ । भारतीय नागरिकहरुबाट संचालित केहि किराना पसलहरु दर्ता समेत नभएको भेटिएकाले तत्काल घरेलुमा दर्ता गनृ निर्देशन दिइएको उहाँले बताउनुभयो । अनुगमनका क्रममा किराना पसलहरुले मुल्य सूची नराखेको, होटलहरु अस्तव्यस्त भेटिएको, अधिकांश पसलहरु दर्ता समेत नगरी संचालनमा ल्याइएको, कतिपय पसलहरुमा म्याद गुज्रेका सामानहरु बिक्रि हुने गरेकाले सचेत समेत गरिएको छ ।