बन्दीपुर गाउँपालिकाले आफ्नै लोगो बनाउने निर्णय गरेको छ । बैशाख १६ गते गाउँ कार्यपालिकाको निर्णयअनुसार प्राकृतिक, सांस्कृतिक, ऐतिहासिक तथा भौगोलिक पहिचान झल्किने गरी लोगो बनाउनका निर्णय गरेको हो । लोगो डिजाइनको लागी खुला प्रतिस्पर्धात्मक विधिबाट निर्माण गरिने इच्छुक व्यक्ति वा संस्थालाई विभिन्न सर्तमा आधारित निर्धारित समयभित्र दरखास्त दिने निणर्य भएको गाउँपालिका प्रवक्ता शिवकुमार श्रेष्ठले बताउनुभयो । छनौट हुने लोगो डिजाइनकर्ताले नगद २५ हजार पुरस्कार पाउने बन्दीपुर गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत नवेशराज हमालले बताउनुभयो ।
