जिल्ला प्रशासन कार्यालय तनहुँमा सेवाग्राहीहरुका लागि टोकन प्रणाली लागू गरिएको छ । दैनिक कार्यलयमा सेवाग्राहीहरुको भीडभाड बढेपछि व्यवस्थित गराउन टोकन लागू गरेको सहायक प्रमुख जिल्ला अधिकारी काशीराम गैरेले जानकारी दिनुभयो । दैनिक तीन सय भन्दा बढी सेवाग्राहीहरु नेपाली नागरिकता प्रमाणपत्र,नागरिकता प्रतिलिपी,राहदानी र राष्ट्रिय परिचयपत्र बनाउन कार्यलयमा आउने गरेका गैरेले बताउनुभयो । कार्यालयमा व्यवस्थित नहुँदा युवती,महिला र बृद्वबृद्वा सेवा लिनबाट मारमा पर्ने गरेकाले अहिले सहज रुपमा सेवा लिन पाइने व्यवस्था भएको उहाँले जानकारी दिनुभयो ।