नेपाल शिक्षक संघ तनहुँले जबरजस्ती सरुवा गरिएको भन्दै ज्ञापनपत्र पत्र प्रदान गरेको छ । शिक्षा विकास तथा समन्वय इकाई तथा स्थानीय तहमा सोमबार ज्ञापनपत्र प्रदान गरिएको छ । ज्ञापनपत्र संघको उपाध्यक्ष लक्ष्मी मल्ल, अशोक वाग्ले, सचिव नरेन्द्रनाथ न्यौपाने, अर्थ सचिव राजु ढकाल, सहसचिव विजयराज खनाल र प्रदेश प्रतिनिधी विरेन्द्र काफ्लेले शिक्षा विकास तथा समन्वय इकाई तनहुँका प्राविधिक सहायक रामेश्वर खनाल, व्यास नगरपालिकका शिक्षा शाखाका प्रमुख नविन पराजुलीलाई ज्ञापनपत्र प्रदान गरिएको हो ।
संघका सचिव नरेन्द्रनाथ न्यौपानेद्धारा हस्ताक्षर गरी प्रदान गरिएको ज्ञापनपत्रमा हालसालै तनहुँका केही पालिकामा शिक्षक र सम्बन्धित विद्यालयहरुको बि.ब्या. स. को दोहोरो सहमती वेगर शिक्षकहरु लाई सरुवा गरेर शिक्षकहरुलाई आतङ्कित बनाएको जनाईएको छ । अवस्था प्रति नेपाल शिक्षक संघ, तनहूँको गम्भिर ध्यानाकर्षण भएको ज्ञापनपत्रमा जनाईएको छ । एकातर्फ संघीय शिक्षा ऐन र प्रदेश शिक्षा ऐन जारी नगरेर शैक्षिक अन्यौलता कायम गरिएको छ भने अर्को तर्फ ती दुवै ऐनजारी नहुँदै विधिको शासनको उपहास हुने गरी स्थानीय शिक्षा ऐन जारी गरी शिक्षकहरुलाई तारो बनाइएको जनाईएको छ ।
शिक्षकहरुलाई जवर्जस्ती सरुवा गर्दैमा शैक्षिक गुणस्तर वृद्धि हुन्छ भन्ने मानसिकतामा पालिकाहरू ग्रसित भएको जनाईएको छ । शैक्षिक गुणस्तर बृद्धिका आधारभूत पक्षहरु जस्तै विद्यालयलाई प्रविधिमैत्री बनाउने, सबै शिक्षकहरूलाई प्रविधि सम्बन्धि तालिम प्रदान गर्ने, विद्यालयलाई आवश्यक दरबन्दी प्रदान गर्ने, समयमा नै विद्यार्थीको हातमा पाठ्यपुस्तक पु¥याउने, शैक्षिक सेमिनार, गोष्ठी, अन्तरक्रिया गर्न नसकेको जनाईएको छ । विद्यालयको सुपरीवेक्षण गर्ने, नतिजाको समिक्षा गर्ने जस्ता कार्यहरूमा पालिकाहरूले पूर्णतः आँखा चिम्लिएको विज्ञप्तीमा जनाईएको छ । यी सवै पक्षहरु नेपाल सरकार र पालिकाको नजरमा गौण पक्ष मानिएको उल्लेख गरिएको छ ।
‘‘शिक्षकलाई सरुवा गर्दैमा शैक्षिक गुणस्तरले फड्को मार्छ भन्ने गलत बुझाइ केही पालिकाको रहेको छ यसैले शिक्षक सरुवा कार्य बेतुकको बेमौसमी अभियान हुनुका साथै आम शिक्षकलाई प्रताडित गर्ने अभिष्टका रूपमा आएको भन्नेमा कुनै शंका छैन’’ ज्ञापनपत्रमा भनिएको छ । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ मा पालिकाहरुलाई सहमती वेगर शिक्षकहरुलाई सरुवा गर्ने अधिकार भएको कहिँ कतै भेटिदैन भनि जनाईएको छ । कुन कानूनको आधारमा शिक्षकहरुलाई सरुवा गरिएको हो, सो सम्बन्धमा हामी स्पष्ट हुन चाहन्छौं, जवर्जस्ती सरुवा गरिएको मानसिकता बोकेको शिक्षकले कसरी कक्षा कोठामा प्रफुल्ल भएर उच्च मनोवलका साथ शिक्षण गर्न सक्छरु कदापी सक्दैन भनि विज्ञप्तीमा उल्लेख छ । जवर्जस्ती शिक्षकहरुलाई गरिएको सरुवा प्रति हामी घोर भत्र्सना गर्दछौ र सम्बन्धित पालिकाले अबिलम्ब सरुवा फिर्ता नगरे शिक्षकहरू कक्षाकोठा बन्द गरेर सडकमा आउन बाध्य हुने कुरा जानकारी गराउदै अन्यायपूर्ण रूपमा गरिएको सरुवा खारेज गर्न नेपाल शिक्षक संघ सम्बन्धित सबै पक्षहरुलाई अनुरोध ज्ञापनपत्रमा जनाईएको छ ।