तनहुँको व्यास नगरपालिका वडा नं ७ को वडा कार्यालय तोडफोड भएको छ । आईतबार राती ताला फोडेर वडा कार्यालयको महत्वपुर्ण तथ्यांक रहेको कम्प्युटरको हार्डडिक्स निकालेर पछाडी फालिएको अवस्थामा भेटिएको वडा अध्यक्ष कृष्णप्रसाद न्यौपानेले जानकारी दिनुभयो । कार्यलयमा भएको पाँच हजार रकम चोरी भएको र कार्यालयको सिसि क्यामेरा समेत तोडफोड गरिएको वडा अध्यक्षले बताउनुभएको छ । उक्त घटनामा संलग्नहरुको कुनै पहिचान नभएको र आवश्यक छानविनको लागि जिल्ला प्रहरी कार्यालयमा उजुरी दिईएको छ ।