आजबाट तनहुँको दमौलीमा ट्राफिक सप्ताह कार्यक्रम सुरु भएको छ । गण्डकी ट्राफिक कार्यालय पोखराको समन्वयमा जिल्ला ट्राफिक कार्यालय तनहुँले आयोजना गरेको सडक अनुशासन तथा सवारी दुर्घटना न्यूनीकरणका लागि सप्ताह कार्यक्रम गरेको हो । साताव्यापी चेतनामुलक कार्यक्रममा व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले उद्धघाटन गर्नुभएको थियो । सडक अनुसासन कायम गरी सवारी दुर्घटना न्युनिकरण गरौँ, म जिम्मेवार नागारिक दुर्घटना न्युनिकरण मेरो पनि दायित्व ,तीव्र गति जीवनको क्षति,ट्राफिक नियम तपाई हाम्रो सुरक्षको लागि हो , तपाई हाम्रो जिम्मेवारी सुरक्षित सवारी , भन्ने नाराका साथ दमौली बजार परिक्रम गरिएको थियो ।